झ्यालढोका बन्दगरी आगो ताप्दा निसासिएर एकै परिवारका चारजनाको मृत्यु




सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पना बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।




प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका लगाएर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ। कोठामा चुकुल लगाएर खाटमा सुतिरहेको अबस्थामा उनीहरु मृत भेटिएका थिए।

मृतक कल्पनाका श्रीमान कृष्ण बुढा जाजरकोटको शिलालय गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्।

मृतक कल्पनाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन।



सम्बन्धित
Loading...