गैँडाको आक्रमणबाट पश्चिम एक जनाको मृत्यु




चितवनमा गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं २८ स्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा आक्रमणबाट भरतपुर २८ गोलाघाटका ६० वर्षीय शुकबहादुर कुमालको मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए।




शनिबार घाँस काट्न भनेर सामुदायिक वनमा गएका कुमाल बेलुका घरमा नफर्किएपछि राति नै खोज्नका निम्ति गएका स्थानीइ बासिन्दाहरूले उनलाई सामुदायिक वनभित्र अचेत अवस्थामा पाएको र अस्पताल लैजाने क्रममा उनको निधन भएको उनले जानकारी दिए ।

शरीरमा देखिएको घाउचोट हेर्दा गैँडाले नै आक्रमण गरेको पाइएको उनले बताए ।



सम्बन्धित
Loading...