धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी

भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेको धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
भरतपुर १० का अनिल अधिकारीले रंगशाला निर्माण अनियमितता भएको आरोप लगाउँदै फाउन्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा उजुरी हालेका हुन् ।
चितवनका क्रिकेटका खेलाडीसमेत रहेका अधिकारीले रंगशाला निर्माणमा १४ प्रतिशत पनि निर्माण कार्य पूरा नगरी उल्टो १७ करोड ऋण देखाइ धुर्मुस सुुन्तली फाउन्डेसनले रंगशाला निर्माण कार्य अलपत्र पारेको आरोप लगाएका छन् ।
उनले रंगशाला निर्माणको सम्पूर्ण गतिविधिप्रति छानविन गरी सत्यतथ्य बाहिर ल्याउन उजुरीमा माग गरेका छन् ।