गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु


सर्लाहीमा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।



सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा आइतबार राति ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...