नवलपरासीमा बाक्लो हुस्सु चिसो ह्वात्तै बढ्यो




पश्चिम नवलपरासी सहित तराईका जिल्लामा घाम नलाग्दा चिसो बढेको छ । तिन दिन देखि घाम लाग्न सकेको छैन् भने बाक्लो हुस्सु लागेकाले जनजिवन कष्टकर भएको छ ।

बिहानै देखि लागेको हुस्सु साझ सम्म नखुल्दा बजार क्षेत्रमा चहलपहलमा पनि कमि आएको छ । हुस्सु संगै चिसो हावा पनि चलिरहेकाले मानिसहरु ठाँउ ठाँउमा आगो तापेर बसेका छन् ।




कुहिरोका कारण भिजिबिलिटि कम हुदा सवारी साधन संञ्चालनमा पनि समस्या भएको छ । बिहानी पख बढि हुस्सु लाग्ने गरेकाले सवारी साधनलाई बत्ति बालेर ढिलो सवारी चलाउन सचेत गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बासुदेव नेपालले बताउनुभयो ।

चिसो बढेपछि जिल्लाका स्थानिय तहहरुले गरिब विपन्न वर्गलाई दाउरा लगाएत खाद्यान्न र न्यानो कपडा वितरण गर्ने गरेपनि यस वर्ष भने सर्वसाधारणले दाउरा पनि नपाएको गुनासो गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले दाउरा खरिद गरि वितरण गर्न प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो ।

चिसो बढेपछि जिल्ला अस्पताल परासीमा श्वासप्रश्वास संग सम्बन्धीत बिरामिको सङख्यामा पनि वृद्धि भएको छ । चिसोका कारण जिल्लामा हरेक वर्ष मानिसहरुको मृत्यु हुने गरेको छ । चिसो बढ्दै गएको र हावा पनि चलिरहेकाले विशेष सावधानि अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

विशेषगरी बुढाबुढि र बालबालीका चिसो बाट बढि प्रभावित हुने र अहिले कोभिड पनि जोखिम उस्तै रहेकाले पोषिलो खानेकुरा खान र विनाकारण घर बाहिर नहिड्न जनस्वस्थ्य विज्ञको सुझाव छ ।

– रेडियो परासीबाट

 

https://www.youtube.com/watch?v=jtMNS3TsNtk&t=1195s

 

पश्चिम नवलपरासी जिल्लाका थप समाचारहरु

पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा लेखापढी व्यवसायी गिरीको निधन

पश्चिम नवलपरासीमा हाटबजार संञ्चालनमा प्रतिबन्ध

कवाडीको नाममा जडिबुटी तस्कर, नवलपरासीबाट बरामद

 

 



सम्बन्धित
Loading...