कुवेतमा एक नेपाली युवक मृत भेटिए




दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।




विगत दुई वर्षअघि त्यहाँ पुगेका मण्डल कोठाभित्र झुन्डिएको अवस्थामा देखेपछि साथीहरुले कुवेत प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारण आत्महत्या हो या होइन भन्नेबारे कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

मृतकको शवलाई कम्पनी तथा उनको परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो नेपाली पठाइने दूतावासले जनाएको छ ।

https://www.youtube.com/watch?v=KzsKfmZ0GMY&t=21s

 

थप समाचारहरु

नवलपरासीमा नारायणी नदीमा युवतीको वेवारिसे शव फेला

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

बुटवल देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु,३ जना घाइते

कावासोतीको बालुवा डाँडामा बन्यो भ्यु टावर, कावासोतीको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने

अझै तीन दिन मौसम नखुल्ने; पानी र हिउँले चिसो बढ्ने

 

 

 



सम्बन्धित
Loading...