सुस्तेलीलाई कम्बल बितरण

नवलपुर । शितलहरले कठांग्रीएका सुस्तावासीलाई एक संस्थाले कम्बल र म्याट बितरण गरेको छ ।
सुस्ताका मुन्सीकुमारले दिएको जानकारी अनुसार अनुसार गैडाकोटको सहमती संस्था र लुथ्रन विश्व सेवा संस्थाले त्यहाका १ सय ८५ घरपरिवालाई कम्बल र म्याट ( भूइमा ओछयाउने वस्तु) बितरण गरेको हो ।
बिहिवार सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले १ सय ८५ वटा कम्बल र ९० वटा म्याट बाडेका हुन । ति राहत सामाग्रका लागि लुथ्रनले सहयोग गरेको हो ।

सुस्ता गाउपालिकाका वडा नम्बर २ , ४ र ५ नम्बर वडाका माझी,मुसहर, बोटी र चमार परिवारलाई राहात बाडिएको हो । ति वडाका अति बिपन्न परिवार छनौट गरेर राहात बाडिएको सहमतीका शिब सुबेदीले टेलिफोनमा जानकारी दिए ।
गत तिनदेखि त्यहा अत्यधिक शितलहर चलेर स्थानिय कठांग्रीएको जानकारी पाएपछि उनीहरुलाई ओडने कम्बल समेत बाढिएको सहमतीका कार्यक्रम अधिकृत शिब सुबेदीले जानकारी दिए ।
नारायणी नदी पारीको (भारतसंग जोडिएको ) सुस्तामा करिब ४ सय घर परिवार रहेको छ । त्यहाका अति बिपन्न र पिछडिएका परिवार छानेर राहत बाडिएको हो ।
