जिल्ला प्रशासनको आदेश विपरित पश्चिम नवलपरासीमा हाट बजार खुल्लै

तिन दिन अगाडी जिल्ला प्रशासन कार्यालयले हाटबजार सहित भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्न आदेश जारी गरेको थियो ।
उक्त आदेशमा स्थानिय तहले पनि सहमति जनाएर कार्यान्व्यन गर्ने बताएका थिए । तर प्रशासनको आदेश स्थानिय तहले सुनेका छैनन् ।
सोमबार आदेश जारी भएकोमा बुधवार सदरमुकाम परासीमै साप्ताहिक हाट लाग्यो भने बर्दघाटमा पनि त्यहि दिन हाटबजार संञ्चालनमा आयो । आज बिहिवार सुनवलको भुमहिमा हाटबजारको भिड लागेको थियो ।
त्यहाँ झन्डै ८० प्रतिशत मानिसले मास्क समेत नलगाई हाटबजार आएका थिए । सुनवलमा पछिल्लो पटक सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । आज मात्रै सुनवलमा २७ जना संक्रमित थपिएका छन् भने हाटबजार लागेको सुनवल १२ भुमहिमा १० जना भन्दा बढि छन् ।

हाट बजार दुरी कायम गरी स्थानियको उत्पादन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी संञ्चालन गरेको भएपनि खासै फरक पर्देनथ्यो होला तर कोरोनाका एउटा पनि संक्रमित भेटिएका छैनन् जस्तै गरी भिडभाड भईरहेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आफैले हस्ताक्षर गरेको कोभिड विरुद्धको मापदण्ड स्थानिय तहका प्रमुखले कार्यान्व्यन गर्न आनाकानी गरेको बताउनुभयो । स्थानिय तहका प्रमुखले कोरोनाको नयाँ भेरियन्टलाई यस पटक खासै गम्भिरताका साथ लिएका छैनन् ।

स्थानिय तह प्रमुख र सांसदहरु नै सहभागि कार्यक्रममा उनिहरुलेनै मास्क समेत नलगाई बसेको पटक पटक देखिने गरेको छ ।
जिल्लाका मुख्य बजार क्षेत्र परासी, सुनवल भुमिह, बर्दघाट गोपिगंजमा हाटबजार पनि रोकिएको छैन् भने विभिन्न यज्ञ, मेला पनि आयोजना भईरहेका छन् ।
सरकारी कार्यालयमा जादा वा एक दुई जना कर्मचारीमा संक्रमण देखिने वित्तिकै कार्यालयनै बन्द गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने तर बाहिर भईरहेको मनलाग्दीले ठुलो समस्या निम्त्याउन सक्छ ।

यो पनि
पश्चिम नवलपरासीमा हाटबजार संञ्चालनमा प्रतिबन्ध
कवाडीको नाममा जडिबुटी तस्कर, नवलपरासीबाट बरामद