बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा जमेका नवलपुरका तिलक ! तरकारी लिन घरमै अटोको लाइन




राजु सुवेदी कल्पित –

नवलपुर । झन्डै सात बर्ष बैदेशिक रोजगारमा बिताएका पूर्वी नवलपरासीको कावासोती ११ पिठौलीका तिलक गौतमको दैनिकी अहिले निकै व्यस्त बित्न थालेको छ ।

 




बिहानदेखि बेलुकासम्म तरकारी बारिमै भेटिन्छन् तिलक । दुइ बर्ष अगाडि नेपाल फर्केर तरकारी खेती गर्ने योजना बनाएरै बिदेशबाट फर्किएका तिलक आफ्नो पेशामा निकै खुशीमात्रै छैनन उज्जल भविश्य प्रति निर्धक्क छन् ।

उनी अहिले घ्यू सिमी टिप्न व्यस्त हुने गरेका छन् । उनले टिपेको तरकारी आफ्नै आगनमा ल्याउन भ्याउँदा नभ्याउँदै किन्नेको पनि घुइँचो लाग्ने गर्दछन् । न बजार खोज्नु परेको छ न त बजार मूल्यकै चिन्ता ।

 

विदेशमा रहँदा उनको एउटै सपना थियो । विदेशमा दुःख गरेर जोहो गरेको पैसा कृषिमा लगानी गर्ने र व्यवसायिक तरकारी खेती किसान बन्ने । अहिले उनले त्यो सपना पनि पुरा भएको छ । विस्तारै आम्दानीको स्रोत बढ्दै गरेको छ ।

 

उनको बारीमा अहिले घ्यू सिमीसँगै घिरम्ला, काँग्रो, लौका, टमाटर लटरम्म फलेको छ । १० कठ्ठा क्षेत्रफलमा लगाएको तरकारी खेतीबाट उनले अहिले बार्षिक ५ लाखसम्म आम्दानी गरेका छन् । तिलक भन्छन् – सामान्यतया खाडी मुलुक गएर भन्दा नेपालमै व्यवसायिक बेमौसमी तरकारी खेती गरे राम्रो आम्दानी हुने मेरो अनुभवले बताउँछन् ।

 

त्यसो तर पहिलो लकडाउनमा कोरोनाको महामारीले विश्व आक्रान्त हुँदा उनको व्यवसायलाई पनि छोएको थियो तर अहिले कोभिडको प्रभाव भए पनि बजार समान्यतया चलायमान रहेको कारण खासै समस्या नरहेको उनी बताउँछन् ।

 

 

जीवनसंगिनीको साथ

 

कोभिडको पहिलो लहरमा तिलकको तरकारी खेती बारीमै कुहिएको थियो तर पनि उनले हिम्मत हारेनन् । उनकी जीवन संगिनीले पनि उसलाई त्यस्तै साथ दिए । तिलक गौतमले भने – एक पटक त हिम्मत हारिसकेको थिए तर, त आँट म पु¥याउँछु भने झै भयो ।

उनले आँटे विस्तारै तरकारीको माग बढ्न थाल्यो । अहिले उनलाई फुर्सद छैन । उनका देखासिखी गरेर धेरथोर व्यवसायिक तरकारी खेती गर्ने किसान उनको छिमेकमा पनि थपिन थालेको छ ।

कृषिमा जेटिए गरेकी तिलक गौतमकी श्रीमती सरस्वती ढकाल गौतम देवचुली नगरपालिकाको कृषि प्राविधिकमा कार्यरत छन् । श्रीमानको मेहनत र श्रीमतीको प्राविधिक सहयोगले अहिले तिलकको घर तरकारी खेती आम्दानीको राम्रो स्रोत भएको छ ।

सरस्वती ढकाल भन्छन् – तरकारी खेतीमा नेपालको लागि राम्रो छ । उन्नत बिउ बिजन, रोग पहिचान, बिषादीको सही प्रयोग गर्न सके राम्रो आम्दानी लिन सकिन्छ । उहाँ (श्रीमान्) ले सबै थोक गर्नु हुन्छ मैले त यो सरसल्लाहा र बेला बेलामा साथ दिने मात्र हो ।

 

त्यसो त विदाको नि सरस्वती पनि श्रीमान् सँगै तरकारी बारीमा श्रीमानको काममा साथ दिन पुग्ने गर्दछिन् ।

 

तरकारी किन्न घरमै

 

पहिलो लकडाउनमा तरकारी कुहिएको नमिठो घटना भोगेपनि त्यसपछि भने तरकारी खेतीमा कुनै सिजनमा पनि घाटा बेहोर्नु परेन तिलक गौतमले । फेरिफेरी लक्डाउन या सबारी निषेधाज्ञा भएपनि नेपाली जनता रोगले भन्दा नि भोकले मर्नु हुन्न ठानेको कारण र पहिलाझैँ पूर्ण लकडाउन नभएपछि बजार राम्रो भएको तिलकले सुनाए ।

अहिले तरकारी किन्न गाडीहरु फार्मसम्मै आउने गर्दछन् । घरमै नविकेको बेला नजिकको कावासोतीका थोक तरकारी बजारहरुमा सजिलै तरकारी विक्री हुने गरेको छ ।

साना गाडी (अटो) हरुले गाउँ गाउँ गएर तरकारी बेच्न थालेपछि अझै तरकारीको माग हुन् थालेको गौतम बताउँछन् । गाउँ गाउँ तरकारी बेच्न हिड्ने अटोहरु फर्ममै आएर तरकारी उठाउन थालेपछि बजारसम्मै पुर्याउने झन्झट पनि हटेको उनी बताउँछन् ।

 

सफल तरकारी किसान कसरी बन्ने

 

पाँच बर्स साउदी अरब र झण्डै ३ बर्ष युएईमा पसिना बगाएका तिलक गौतमले तरकारी खेतीमा फाइदा र जिखिम बराबर देख्छन् ।

विदेशमा हुने नेपालीहरुलाई उनको सुझाव छ विदेश हुँदादेखिनै आफुले नेपाल गएर के गर्ने पहिलै योजना बनाउनु पर्छ । नेपाल गए लगतै योजना अनुसार काम गर्नु पर्छ ।

विदेश हुँदानै आफुले तरकारी खेती गर्ने सोच बनाएको र तरकारी खेतीसँग सम्बन्धित भिडियो तथा समाचार हेर्ने गरेको कारण तरकारी खेती गर्न सहज भएको उनको अनुभव छ ।

उनले भने – मुख्य त के हो भने कति क्षेत्रफलमा तरकारी खेति गर्ने के के तरकारी खेति गर्ने भन्ने योजना माटोको परीक्षण गरेर गर्नु पर्छ । माटो एक किसिमको र खेती अर्को भयो भने डुब्ने डर हुँन्छ ।

 



सम्बन्धित
Loading...