तरबारले हानी श्रीमतीको हत्या गर्ने पक्राउ, नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता

आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार लालुले तरबार प्रहार गर्दा घटनास्थलमै श्रीमतीको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।