आप्रवासी हकहित मञ्च नवलपरासीमा भुसाल, सही सूचनाको मात्र भरपर्न आग्रह

नवलपरासी । आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको तेस्रो बार्षिक साधरण सभा तथा प्रथम अधिवेशन भुमहीमा भएको छ ।
मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य विक्रम खनालले बैदेशिक रोजगारीका क्रममा भएका घटनाहरूको क्षतिपूर्ति बापत पाईने आर्थिक रकमका लागि सम्बन्धित सरोकारवालाले ऐन–कानुनलाई केही ससोंधन गर्नुपर्ने बताउदै बैदेशिक रोजगारीले समाजमा उत्पन्न हुन सक्ने समस्याहरुको निराकरणका लागि सहि सुचनाले राम्रो भुमिका खेल्ने बताए ।
खनालले यस सस्थाले बैदेशिक रोजगारीमा रहेका र तिनीहरूका परिवारलाई गरेको सहयोग स्राहनीय रहेको समेत बताए ।
त्यस्तै सामी हेल्भेटास नेपालका लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेश संयोजक पंचराम चौधरीले स्थानिय सरकार सञ्चालन ऐनमा नै बैदेशिक रोजगार सम्बन्धि प्रष्ट कानुन रहेको बताउदै सोही अनुरुप स्थानिय सरकारले आफ्ना मातहतका क्षेत्रमा बैदेशिक रोजगारीको अवस्थाका बारेमा तथ्यांक संकलन राखि सोही अनुसार सुचना प्रवाह गर्दै आप्mनो पालिकालाई बैदेशिक रोजगारलाई ठगि मुक्त, सिपयुक्त बनाई सुरक्षित पालिका घोषणातर्फ लाग्नको लागी मञ्चले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सामी हेल्भेटासका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत जियाउल हक, जनप्रतिनिधितर्फ सरावल ५ का वडाध्यक्ष दिनेश सहानी, सरावल वडा नम्बर ६ कै वडाध्यक्ष कैलाश यादव, सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी, सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख दिपक थापा क्षेत्री लगायतले बैदेशिक रोजगारीमा जाने व्यक्ति स्वयमले सहि सुचना लिएमा मात्र पनि बैदेशिक रोजगारीमा विधमान धेरै समस्याहरुको समाधान हुने र बैदेशिक रोजगारबाट फर्किएकालाई नेपालमै काम गर्ने वातावरण सिर्जना हुन सके पुनः बाध्यताले बैदेशिक रोजगारीमा जान नपर्ने हुँदा यस विषयलाई राज्यले गहन भई सोच्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहयोगी दाता र संस्थाका स्थानीय पालिका÷नगरपालिकाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

वर्ष आप्रवासी कामदार दिवसलाई लक्षित गर्दै मञ्चले सञ्चालन गर्दै आएको सप्ताहाव्यापी कार्यक्रम अन्र्तगत बैदेशिक रोजगारीमा रहेका परिवारलाई सहयोग, न्यायमा पहुँचका लागि सहजिकरण गर्दै बैदेशिक रोजगारीका कारण शिक्षामा प्रभावमा परेका बाल बालिकालाई शैक्षिक सामाग्री र न्यानो लुगा सहयोग गर्दै आईरहेको यस संस्थाले बैदेशिक रोजगारीले उत्पन्न समस्याहरूलाई न्युनिकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्दै आईरहेको र सो कार्यमा हातेमालो गर्दै सहकार्य सहयोग गर्ने व्यक्ति र सघ– संस्थालाई र आजिवन सदस्यहरुलाइ समेत सम्मान पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा अध्यक्ष थापाले मञ्चको प्रगति प्रतिबेदन तथा आगामी रणनितिकि योजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक बषए ०७७, ७८ को कुल ७५ हजार ५ सय रुपिया बराबरको आय ब्यय प्रस्तुत गर्दै आगामी ०७८, ०७९ का लागी ६ लाख ६० हजार बराबरको अनुमानित आय ब्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
मञ्चका उपाध्यक्ष सन्तोष कुमार दुबेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव रामु भुषालले गरेका थिए ।
अधिबेशनले आगामी ३ बर्षका लागी रामु भुसालको अध्यक्षतामा ११ सदस्यिय नया नेतृत्व चयन सर्व सम्मत गरेको छ ।
जसको उपाध्यक्ष सुमित्रा चौधरी, सचिव अमर नारायण चौधरी, सहसचिव सुनिता पौडेल, कोषाध्यक्ष रमेश चौहान रहेका छन् भनेसदस्यहरुमा गोपीचन्द हरिजन, पुर्ण चन्द्र (पुरन) अधिकारी, कमला ढकाल, चन्द्रकला राना, राज कुमार शर्मा र यादव नाथ भारती चयन भएका छन् ।
आजको थप समाचारहरु
अहिले देखिएका संक्रमण सबै ओमिक्रोन होइनन्
आजको राशिफलः वि.सं. २०७८ माघ ९ गते आइतवारः श्री मनकामना माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीमा दीपेन्द्र सुनार
https://www.youtube.com/watch?v=oT-J8cfUMaM