चौधरी उद्योग अगाडि शंकास्पद बस्तु




नवलपुर । चौधरी उद्योग नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

पूर्वी नवलपरासीको देवचुली २ चौधरी उद्योगको पूर्वी पट्टी गेटमा शंकास्पद वस्तु फेला परेको हो ।




आज साँझ स्थानीयले शंकास्पद वस्तु देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोली भने घटना स्थलमा पुगेको छैन ।

झोलमा रहेको शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा घटना स्थलमा प्रहरीले सुरक्षा दिएर राखेको स्थानीयले बताएका छन् ।

 

शंकास्पद वस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । ‘राति ८ बजे एक अपरिचित व्यक्तिले झोला छोडेर हिँडेको भन्ने सूचनाका आधारमा घटनास्थलमै छौं,’ प्रहरी निरीक्षक भिमसेन घिमिरेले भने ।

 

खैरो रङ्गको झोलाको शंकास्पद वस्तु रहेको नेपाली सेनाको टोलीलाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

नेपाली सेनाको टोली भोलि विहान आएपछि मात्र थप विवरण आउने उनले बताए । घटना स्थलमा रातभरी प्रहरी सुरक्षा दिने भएका छन् ।



सम्बन्धित
Loading...