नवलपुरको गिरुवारी खोलाबाट ४ वटा ट्याक्टर नियन्त्रणमा


file photo

 



नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

नदीजन्य बस्तुको अवैध उत्खनन गरेको अवस्थामा प्रहरीले हुप्सेकोट ३ गिरुवारी खोलाबाट ४ थान ट्याक्टर बरामद गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।




प्रहरीले लु ४ त ४८७७, लु ५ त ८०५०, ना ६ त ९१३९ र ना ७ त १४०२ नम्बरको ट्याक्टर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उक्त ट्याक्टर बरामद गरेको हो ।

बरामद ट्याक्टरमा गिटी बालुवा र खोलामा बगाई ल्याएका काठहरु समेत रहेको गिरीले बताए ।

बरामद ट्याक्टर आवश्यक कारवाहीको लागि हुप्सेकोट गाउँपालिकामा पठाइने तयारी रहेको उनले बताए ।

 

सर्लाहीका महिलाको नारायणी नदीमा शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा एक जना महिलाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ नारायणी नदीमा सर्लाहीको लालबन्दी नगरपालिका १५ निवासी ५१ बर्षीया महिला लोकमाया भण्डारीको शव भेटिएको हो ।

महिलाको लास उत्तानो अवस्थामा फेला परेको हरीले जनाएको छ । महिलाको शव पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा राखिएको छ ।



सम्बन्धित
Loading...