भ्रष्टचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन् ।

वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै कालोमोसो दलेको हो ।




अनेरास्वियु (क्रान्तिकारी) द्वारा प्रकाशित विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।

अनेरास्वियु (क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु (क्रान्तिकारी) ले विज्ञप्तिमा दाबी गरेको छ ।

 

 

 



सम्बन्धित
Loading...