मध्यविन्दु अस्पतालमा सबै सेवा खुल्यो; त्रिवेणीमा हेल्थडेस्क स्थापना
मध्यविन्दु अस्पतालमा सबै सेवा खुल्यो –

कावासोतीको मध्यविन्दु जिल्ला अस्पतालमा आजदेखि पुन सबै सेवा सञ्चालनमा आएको छ ।
अस्पतालका स्वास्थ्यकर्मीहरुलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा ओपिडी बाहेकका सेवाहरु बन्द गरिएको थियो ।
अस्पतालले एक सूचना जारी गरी आजदेखि सेवा सुरु भएको जनाएको छ ।
त्रिवेणीमा हेल्थडेस्क स्थापना

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र जिलला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले सीमावर्ती त्रिवेणी क्षेत्रको निरिक्षण गरेका छन् ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ त्रिवेणी नाकाको अनुगमन निरिक्षणपछि आजबाट कोभिड १९ सम्बन्धी परीक्षणका लागि २ जना स्वास्थ्यकर्मीको ब्यवस्थापन मिलाएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा सीमाक्षेत्रमा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।