चितवनमा नालीमा खसेर युवकको निधन




नालीमा परि गैडाको मृत्युको खवर नसेलाउदै फेरि अर्को घटना भएको छ ।

भरतपुर महानगरपालिका भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।




भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा साइकलसहित खसेर स्थानीय व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय राजु विकको रहेको प्रहरीले जनाएको छ ।

आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

यो पनि

मकैबारीमा पानी लगाउन गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

लागुऔषध सहित एक जना पक्राउ

रुपन्देहीकाे देवदहमा दुईजनाको शव भेटियो

 

 



सम्बन्धित
Loading...