सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजार प्रदान

गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारी मार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ ।
सुनवल नगरपालिका वार्ड नम्बर ९ स्वाठी स्थित स्वाठी कृषि सहकारी संस्थाले स्थानिय किसानहरुलाई कृषि कार्यका लागि लाखौं रुपियाँ पर्ने अत्याधुनिक कृषि औजारहरु सहुलियत दरमा उपलब्ध गराउदै आएको छ ।
सुनवल नगरपालिका र विभिन्न दाता संस्थाहरुले किसानहरुलाई दिएका विभिन्न प्रकारका आधुनिक कृषि औजारहरुको संचालन एवं व्यावस्थपनका लागि स्थाठीका किसानहरु मिलेर दुई वर्ष पहिला स्वाठी कृषि सहकारी संस्था स्थापन गरेको स्वाठी कृषि सहकारी संस्थाका अध्यक्ष गिर बहादुर थापाले बताएका छन ।
दुई वर्ष पहिला सुनवल नगरपालिकाको समन्वयनमा कोईका नामक कोरियन संस्थाले किसानहरुलाई आधुनिक कृषि काममा सहयोग गर्न भन्दै विभिन्न प्रकारका कृषि औजारहरु अनुदानमा दिने भए पछि स्वाठीका किसानहरुलाई स्थानिय जनप्रतिनिधीहरुको सहयोगमा स्वाठी कृषि सहकारी संस्था स्थापना गरेको सहकारीका अध्यक्ष थापाले बताए ।
अहिले स्वाठी कृषि सहकारी संस्थामा दुई टयाक्टर, टूली, लेन्डलेजर, लेवलर (जमिन सम्माउने मशिन), गँहु, धान काटने कम्पाईल मशिन, रोटावेटर, हेप्पी सिडर (विउ छर्ने मशिन), कम्बाईन हारर्वेस्टर, पोटेटो प्लान्टर (आलु छर्ने खन्ने मशिन), स्टावेलर (पराल सोर्ने वा डल्लो पार्ने मशिन) लगाएतका गरि अहिले आधुनिक प्रविधिका एक दर्जन भन्दा बडि आधुनिक कृषि औजारहरु रहेका छन।
उक्त कृषि औजारहरुको परिचालनको विधि र दर किसानहरु सहकारीमा बसेर साझा एवं सस्तो दरमा संचालन गर्ने निर्णय गरेको स्वाठी कृषि सहकारी संस्थाकी ब्यावस्थापक पुनम जैसवालले बताएकी छन।
दाता संस्थाले किसानहरुलाई लाखौ रुपियाँका आधुनिक कृषि यन्त्रहरु प्रदान गर्नुका साथै यन्त्रहरु संचालन गर्नका लागि स्थानीय किसानहरुलाई समेत प्रशिक्षण दिए पछि स्वाठी गाउँ अहिले प्रविधि युक्त गाउँको रुपमा परिचित बनेको छ ।
सहकारी संस्था द्धारा सहुलियत दरमा कृषि यन्त्रहरु संचालन शुरु गरे देखी गाउँ भन्दा बाहिर अन्य स्थानहरुबाट धान गहँु काटने बेलामा आउने मशिनहरुलाई पनि सहकारीको दरमा नै काम गर्नु पर्ने नियम लगाईए पछि किसानहरुलाई कृषि उत्पादनले सहजता पाएको सुनवल नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष कन्हैया थारुले बताउनु भएको छ ।
स्वाठी कृषि सहकारी संस्थामा अहिले ३०९ जना किसानहरु सहभागि रहेका छन भने किसानहरु सहकारीको सदस्य बन्न आउनेहरुको संख्या समेत बढदै गएको सहकारीका ब्यावस्थापक जैसवालले बताएकी छन ।
सुनवल नगरपालिाकाले सुनवलको ९ नम्बर वडालाई नगरको आधुनिक कृषि हबको रुपमा विकास गर्ने योजना बनाएको छ । सुनवलको स्वाठीमा मात्रै कोरियन संस्था कोईकाले ८१ लाख ३४ हजार भन्दा बडी रकमको कृषि यन्त्रमा आर्थिक सहयोग गरेको छ ।
किसानहरुलाई यसरी प्रदान गरिएका कृषि यन्त्रको संचालन एवं प्राविधिक जानकारीका लागि गुड नेचर ईन्टरनेशनल नामक गैर सरकारी संस्थाले सहयोग गरेको कोईकाका टिम लिडर लोक बहादुर थापाले बताए ।
https://www.youtube.com/watch?v=oT-J8cfUMaM&t=949s