बुवाले चलाएको ट्रयाक्टरको ठक्करबाट छोरीको मृत्यु




झापाको दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

 

आज कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा दुई वर्षीया आरुची दुलालको मृत्यु भएको हो ।




बुवा बालकृष्णले चलाएको मे. १ त ७५९ नम्बरको ट्रयाक्टरले किच्दा खेलिरहेकी आरुची गम्भीर घाइते भएकी थिइन् ।

 

उनको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...