मध्यविन्दुका किसानलाई आधुनिक कृषि औजार तथा कृषि सामाग्री हस्तान्तण

नवलपरासी। नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ९ का कृषकलाई आधुनिक कृषि औजारी तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।
बुधबार बसन्तपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर आधुनिक कृषि औजार र कृषि सामाग्री हस्तान्तण गरिएको हो । समावेशी ग्रामिण विकास परियोजना नवलपरासी ( सहमती ) को आयोजना तथा कोइका र गुड नेहवर्सको सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तथा मध्यविन्दु नगरपालिका उपप्रमुख ओम कुमारी महतोले आधुनिक कृषि औजार किसानलाई प्रदान गर्नुभएको हो । उहाँले कृषक र परियोजनाबीच भएको सम्झौतापत्र कृषकलाई हस्तान्तरण गर्नुभएको हो । पाँच जना कृषकलाई पावर टिलर र आठ – आठ जना कृषकलाई बीरुवा रोप्ने औजार तथा विभिन्न आवश्यक कृषि सामाग्री प्रदान गरिएको थियो ।
अन्य कृषि सामाग्रीहरुमा कोकोपिट ट्रे , मल्चिङ्ग प्लास्टिक , माईक्रो न्यूटिसियन्स , हाईकोडर्मा , लहरेबालीका आवश्यक पर्ने डोरी , रोग किरा नियन्त्रणका लागि आइ. पि. एम. ट्रयाप , इम झोल, बेमौसमी तरकारी खेतिका लागि टनेल लगायतका सामाग्री प्रदान गरिएको थियो । यी सामाग्री एक सय ४० जना किसानलाई क्रमशः प्रदान गरिने योजना रहेको छ । नमुना , मझौला तथा साना कृषकहरुलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मध्यविन्दु नगरपालिका उपप्रमुख महतोले यहाँका तरकारी खेतिमा आश्रित किसानका लागि परियोजनाले गरेको सहयोगप्रति धन्यावाद व्यक्त गर्नुभयो ।
उहाँले परियोजनाले आशा गरेको लक्ष्यसम्म पुग्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले परियोजना नरहदा समेत नगरपालिकाले परियोजनाले लिएका लक्ष्य पुरा गर्न अभिभावकीय भूमिका निर्वाह प्रतिबद्धता जनाउनुभयो ।
परियोजना लागु भएपछि कृषि तथा पशुको क्षेत्रमा ठूलो टेवा पुगेको उहाँले बताउनुभयो । उहाँले परियोजनाले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न सहयोग गरेकाले परियोजना लागु भएका क्षेत्रमा नगरपालिकाले गर्नुपर्ने दायित्व समेत कम भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै परियोजना फोकल पर्सन भिम प्रसाद शर्माले परियोजना अन्तरगत जेजति कृयाकलाप भएका छन्, ती सबै कृषक र समुदायले माग गरे अनुसार नै भएको जानकारी दिनुभयो । कृषि क्षेत्रको समग्र विकास गर्दै किसानको जिवनस्तर माथी उकास्नका लागि समावेशी ग्रामिण विकास परियोजना सञ्चालन गरिएको बताउनुभयो ।
परियोजना निकट भविश्यमा नै सकिने भएको हुँदा परियोजना नभए पनि परियोजना अन्तरगत भएका काम र प्रदान गरिएको औजारको संरक्षण र सहि सदुपयोग होस् भन्नका लागि स्थानीय सरकारलाई समेत साक्षि राखेर कार्यक्रम गरिएको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै परियोजनाका टिम लिडर लोक बहादुर थारुले जानकारी दिनुभयो । परियोजनाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागतमा खरीद गरिएको उक्त कृषि औजार पावर टिलरको एउटाको मुल्य एक लाख ७२ हजार , बीरुवा रोप्ने औजार एउटाको २ हजार २ सय ५० रुपैयाँ लागत लागेको जानकारी दिनुभयो ।
उहाँले किसानको समेत योगदान भएमा त्यस वस्तुको माया र संरक्षण हुने भएकाले किसानको समेत सहभागितामा सामाग्री खरीद गरिएको बताउनुभयो । उहाँले कृषि औजारको उचित प्रयोग संगै संरक्षण गर्ने जिम्मेवारी समेत किसानकै रहेको बताउनुभयो । उहाँले मध्यविन्दु ९ मा तरकारी र डेरीमा परियोजना केन्द्रित रहेको बताउनुभयो ।
यहाँ सहकारी स्थापना गर्नका लागि समेत परियोजनाले सहयोग गरेको बताउँदै सहकारी र डेरीलाई आवश्यक सामाग्री खरीद गर्न १५ लाख बढी रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
परियोजनाका कृषि संयोजक सबिना पौडेलले परियोजनाले बीरुवा उत्पादनदेखी बजारीकरणसम्मको कामका लागि कृषकलाई सहजीकरण गर्दै आएको बताउनुभयो ।
खेति लगाउन आवश्यक पर्ने कृषि सामाग्री प्रदान गर्नेदेखि आवश्यकता पर्दा प्राविधिक कुरा जानकारी गराउन वडा वडामा एक एक जना प्राविधिक समेत परियोजना अन्तरगत राखेको र खेति लगाउदा देखिएका समस्या समाधान गर्न प्राविधिकले सहजिकरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
थोपा सिंचाईंका लागि पनि परियोजनाले सहयोग गरेको छ । मध्यविन्दु ६ मा ३५ वटा , मध्यविन्दु ८ मा २९ वटा र मध्यविन्दु ९ मा ४६ वटा थोपा सिंचाई लागु भएको पौडेलले बताउनुभयो । यस्तै किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको लागि पनि व्यवसायीसंग समन्वय गर्ने काम गर्दै आएको पौडेलले बताउनुभयो ।
कृषियन्त्र पाएपछि किसान समेत खुसी भएका छन् । किसान गोबिन्द तिवारीले प्राप्त भएको सामाग्री अनुदानमा पाएको भनेर नभई आफ्नै पसिना परेको छ भन्ने सोँचका साथ सामाग्रीको सहि सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । किसानलाई उपलब्ध भएको सानो सहयोगले पनि उत्पादनमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।
कृषकलाई कृषियन्त्रको प्रयोग कसरी गर्ने तथा रेखदेखमा कसरी ध्यान पु¥याउने भन्ने बारेमा समेत सप्लायर्सको तर्फबाट उदिप सुनारीले जानकारी प्रदान गर्नुभएको थियो । उहाँले सामाथ्रीमा कुनै समस्या देखिएको तुरुन्तै जानकारी गराउन किसानलाई आग्रह गर्नुभएको थियो ।
विगत दुई वर्षदेखि मध्यविन्दुमा समावेशी ग्रामिण विकास परियोजना सञ्चालनमा छ । मध्यविन्दुका चार वटा वडा ६ , ७ , ८ र ९ मा तरकारी खेति , दुग्ध र सिंचाईंको काममा परियोजनाले टेवा पु¥याउँदै आएको छ ।
मध्यविन्दु वडा नं ९ का वडा अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यविन्दु कृषि समूहका सदस्य पीता कुमारी मानन्धरले स्वागत गर्नुभएको थियो ।भने सचिव तिलिसरा थापले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनीधि , कृषक , स्थानीय समाजसेवी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।







