प्युठान जीप दुर्घटना: ८ जनाको मृत्यु, मृतक ८ जनाकाे पहिचान खुल्याे
प्युठानमा दुर्घटना हुँदा ज्यान गुमाउने आठै जनाको पहिचान भएको छ ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् ।
त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् ।
बेहुला र बेहुली भने घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइर