खुल्यो अष्ट्रेलिया, तर यस्तो छ प्रावधान
अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने

अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ ।
पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।
यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो ।
कोरोनाको संक्रमण दर घट्दै गएको भन्दै पुन प्रवेश गराउन लागिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्णमात्रा खोप लगाएका विदेशी नागरिकलाई सहजै प्रवेश गर्न दिइने प्रधानमन्त्री स्कट मोरिसनले बताए ।
यस्तै स्वास्थ्य अवस्थाका कारण खोप नलगाएका हकमा पनि प्रवेशमा छुट दिइने प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् । तर उनीहरुले अनिवार्य केही दिनभने क्वारेन्टिन बस्नुपर्ने छ ।
कोरोना महामारी फैलिए यता कोरोनाका कारण २० लाख मानिस संक्रमित भइसकेका छन् भने कोरोनाका कारण अहिलेसम्म ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
कावासोतीः २० बर्षे वैदेशिक रोजगारीबाट फर्किएकै दिन श्रीमान् गुमाए पछि