साहित्यकार तारानाथ शर्मा रहेनन्





प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान घरमै निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले पुष्टि गरे ।

८७ वर्षिय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित थिए । उनको अहिले पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी गरिएको छ ।


नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।



सम्बन्धित
Loading...