महेशपुर भन्सारबाट आउने भारतीय सवारी साधनलाई अनिवार्य कर

रामकरण अम्बेडकर परासी –
पश्चिम नवलपरासीमा महेशपुर भन्सारले भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न अनिवार्य कर लिएको छ ।
भारतबाट अाउने सवारी साधनहरू जाे सीमा अासपासका बजारहरूमा डुल्न वा साेही दिन फर्कने गरी अाउनेलाइ यस अघि कर नलिने गरिए पनि अत्यधिक सवारी साधन अाउन थालेपछि कर लिइने गरिएकाे हाे ।
यता नवलपुरकाे त्रिवेणी भन्सार कार्यालयले भारतीय गाहीहरु लाई नेपाल प्रबेशको लागि निशुल्क सुविधा दिएको त्रिबेणी भन्सार कार्यालयका एक जना कर्मचारीले बताएका हुन।
कर्मचारीले भने अनुसार भारतबाट पर्यटकको रुपमा छिमेकी राष्ट्र भारतबाट आउनेहरु मोटरसाईकल कार जिपहरु जस्ता चार पाङग्रे सवारीहरुलाई पर्यटक भित्र्याउनको लागि केही किलोमिटर सम्म दिईरहेको छ ।
महेशपुर भन्सार कार्यालयले पहिला नेपाल प्रबेश गर्न दुई र चार पाङग्रे भारतीय सवारीहरुलाई परासी बजार सम्म निशुल्क सुबिधा दिई राहेको थियो तर कोरोना भाईरस पछि भारतीय सवारी साधन लाई नेपाल प्रबेश गर्न अनिवार्य भन्सार लागु गरे पछि भारतीय पर्यटकहरु पुन स्वदेश फर्केको स्थानिय हरि बहादर सहानीले बताए ।
सिमाक्षेत्रमा रहेको नेपालीहरुले नेपाली पलेटको सवारीहरु महंगो मुल्य रहेकोले भारत र गाउंवरिपरि केही किलोमिटर घरको काम सघानको लागि भारतीय नम्बरका सवारीहरुको सुविधा नपाए पछि स्थानियहरुले गुनासो गरेका छन ।
महेशपुर भन्सार कार्यालयमा धेरै भिडभाड हुन नदिनको लागि निशुल्क सुबिधा दिएको छैन हामी भन्सार गरेर मात्र जान दिएका छौ त्रिबेणी भन्सारमा यहा जस्तो कारोबार चलेको हुदैन त्यही भएर त्रिबेणी भन्सारले निशुल्क सुविधा दिरहेको महेशपुर भन्सार कार्यालयका प्रमुख राम प्रसाद अर्यालले बताए ।