विद्यार्थी बोकेर फर्कदै गरेको टिप्पर दुर्घटना, कम्तिमा ७ जनाको निधन

बैतडी– बैतडीको पाटन नगरपालिका– ३ गरुडामा टिप्पर दुर्घटना हुदा सात जना विद्यार्थीको मृत्यु भएको छ ।
निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ ।
पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै सात जना विद्यार्थीको मृत्यु भएको यातायात व्यवसायी दिनेश बिष्टले बताए ।
टिप्परमा करीब २५ जना विद्यार्थी चढेर घर फर्किदै गरेको अवस्थामा भएको दुर्घटनामा ठूलो हाताहाती भएको हुनसक्ने बिष्टले बताए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालयको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालयबाट टोलि परिचालन गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर दर्शन खड्काले बताए ।
