बस सडकबाट चिप्लिएर खस्दा कम्तिमा ११ जनाको निधन




नयाँदिल्ली । उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।




दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो । उद्धार कार्य अझै जारी रहेको बताइएको छ ।

 

एघार जनाको शव निकालिएको छ । दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

 

 



सम्बन्धित
Loading...