पल विरुद्ध बला-त्कार जाहेरीः प’क्राउ पूर्जी जारी, चितवन तनहुँ र पोखरामा बला-त्कार


 



जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले पल शाहको खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।

 

‘उजुरी आएपछि हामीले थप अनुसन्धान थालेका छौं,’ खड्काले भने, ‘पल शाहको खोजतलास सुरू गरिसकेका छौं, फेला पर्ने बित्तिकै पक्राउ गर्छौं।’ तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए। उजुरी आएपछि अनुन्धानका क्रममा पक्राउ गर्नुपर्ने भन्दै उनले भने, ‘पक्राउ पनि अनुसन्धानकै पाटो हो, सँगसँगै जान्छ।’




शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ। गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

 

तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ। गायिकाले करिब ३ महिनायता गीत संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ।

पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यहीबेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

 

त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ। शाहले देखावटी माया प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरैनै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।

यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

 

 

अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको सर्कुलर

 

अभिनेता पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।

अभिनेता पल शाहले नाबालिक किशोरीमाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए।

यता, शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी ती किशोरीले मेडिकल चेकअप गराएकी छन्। उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।



सम्बन्धित
Loading...