चितवन निकुञ्ज भित्र घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृ’त्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघले आक्रमण गरेको बताए।
सँगै गएका भरतपुर-१३ की सीता दराई र हेमराज सापकोटा सकुशल रहेको उनले बताए।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै प्रहरी र निकुञ्जको टोली हात्तीसहित पुग्दा सार्कीलाई बाघले खाइरहेको अवस्थामा भेटेको अधिकारीले बताए।
.