रुसी सेनाको आ’क्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु, युक्रेनी जनता भागाभाग

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।
आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ।
युक्रेन र रुसबीचको द्धन्द्धले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
हिजो एकै दिन ११ अंक बढेर कच्चा तेलको भाउ एकैदिन १ सय ५ डलर पुगेको हो। यसको सिधा असर नेपालमासेमत पर्ने देखिन्छ।
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ६ : ०५ बजे
यसैबीच रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्।

युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ।
जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।
एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन्।
यता रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्।
रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ।
यकिन सङ्ख्या स्पष्ट भई नसकेको भए पनि अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन्।
पूर्वी युक्रेनस्थित हार्कीभ सहरको स्थानीय प्रशासनले २६ जना सर्वसाधारण घाइते भएको बताएका छन्।
आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन्।