युक्रेनमा रहेका आफ्ना २० हजार नागरिक उद्धारका लागि भारतले पठायो विमान नेपालले कहिले पठाउने

रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ।
एअर इन्डियाको विमान शनिबार रोमेनियाको राजधानी बुखारेस्टमा अवतरण गरेको अधिकारीहरूले जनाएका छन्।
युक्रेनबाट सीमा नाघेर सयौं मानिस त्यहाँ पुगेको बताइएको छ।
युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।
युक्रेनबाट सीमा नाघेर सयौं मानिस त्यहाँ पुगेको बताइएको छ।
युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।