बला-त्कार आराेप लागेका नायक पल शाहद्वारा तनहुँ प्रहरीमा आत्म समर्पण
पोखरा । बला-त्कार आराेप लागेका नायक पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्म समर्पण गरेका छन् ।

उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्म-समर्पण गरेका हुन् ।
जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।
यसअघि शाहले आजै प्रहरीमा आत्म-समर्पण गर्ने बताएका थिए ।
नाबालिग गायिकाले जब#रजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यस यता उनी फरार रहँदै आएका थिए ।
उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको आइतबार सामाजिक सञ्जालमार्फत बताएका थिए ।
.