बन्दको क्रममा ठाउँठाउँमा झडप, कन्चनपुरमा २ जना घाइते, देशभर सयौं गिरफ्तार

एमसीसीको विरोधमा बन्दमा उत्रिएका कार्यकर्ताहरु र प्रहरीबीच ठाउँठाउँमा झडप भएको छ ।
प्रहरीले आन्दोलनकारीमाथि ठाउँठाउँमा दमन गरेको छ । भने कतिपय ठाउँमा दोहोरो झडप हुँदा कयौं कार्यकर्ताहरु घाइते भएका छन् ।
एमसीसीको सम्झैताको बिरोधमा प्रहरी र बन्द कर्ता बिच झडप भएको छ । बिहानै महेन्द्रनगर नेपाल बन्द गराउन आएका बन्दकर्ता र प्रहरी बिच झडप हुदँ दइ जना घाइते भएका छन ।
प्रहरी बन्दकर्ता माथी एका एक लाठी प्रहार गर्दा नेकपा विप्लव पार्टी भीमदत्त नगर सेकेटरी दिपेन्द्र ऐेरी र नेकपा विप्लव निकट अखिल क्रान्तिकारी का जिल्ला सहसचिव युवा नेता हरिश ऐेरी घाइते भएका भएका छन ।
आन्दोलनको क्रममा बिहान प्रहरी संग झडप हुदाँ युवा नेता दिपेन्द्र ऐरी र हरिश ऐेरी दुवैको टाउकोमा चोट लागेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिए ।
त्यसैगरी बुटवलबाट प्रहरीले १७ जना बन्दकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ दलले एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । जबर्जस्ती बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी अर्घाखाँची जिल्लामा एमसीसीकाे विराेधमा बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुमध्ये राष्ट्रिय जनमोर्चाका ४ जना तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जनागरि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।
साे बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, शिक्षण संस्था, कलकारखाना र उद्योग धन्दा पूर्णरुपमा बन्द भएका छन् ।
त्यसैगरी पूर्वी नवलपरासीको पुरानो कावासोतीमा टायर बाल्ने क्रममा दुई जना आन्दोलनकारी पक्राउ परेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलका अनुसार नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय युवा लिगका इलाका सदस्य मनिस विक र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका जिल्ला सेक्रेटरी भिमाद मगर पक्राउ परेका छन् ।
त्यसैगरी बन्द गराउन सडकमा निस्किएका नेकपा क्रान्तिकारी माओवादीका पीवीएम सुरेश श्रेष्ठ र सजिव बज्राचार्यलाई काठमाडौंको असनचोकबाट गिरफ्तार गरेको पार्टीका नेता दिनेश शर्मा सागरले जानकारी दिए ।
तया चितवनमा पनि ४ जना बन्दकर्ता पक्राउ परेका छन् ।
बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता ध्रुब खडका, अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत, विद्यार्थी संकल्पसहित चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको एमसीसी खारेजी अभियान चितवनका सचिव परशुराम पौडेल अजिवले बताए ।
बन्दको क्रममा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीकां पोलिटब्युरो सदस्य अम्बिका मुढवरी, चितवन जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाश, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज सन्देश पौडेल लगायतले विरोध प्रदर्शनको नेतृत्व गरेका छन ।
बन्द आव्हानकर्ताले शान्तिपूर्ण जुलुस र नाराबाजी गर्दै एमसीसी मुर्दावाद, देश बेच्न पाईदैन्, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा लगाएर नगर परिक्रमा गरेका छन् ।
सिन्धुली जिल्लामा नेपाल बन्द सफल पार्न जुलुस प्रदर्शन गर्दै सिन्धुली बजारमा शान्तिपूर्ण रुपमा हिडीरहेका बन्दकर्ताहरुलाई प्रहरीले भरखरै गिरफतार गरेको छ ।
गिरफतार हुनेहरुमा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भरज बुर्जा मगर(जीवन) लगायत पार्टी जिल्ला सेक्रटरी सुवर्ण, देजमो जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटा, हरि बस्नेत र नेकपा(विप्लव) का जिल्ला सेक्रटरी तथा नेताहरु शशि, गोपाल ब्लोन लगायत पन्ध्र जना गिरफ्तार गरिएका छन् ।
उता झापाको विर्तामोड बजारबाट नेकपा क्रान्तिकारी माओवादी क्रान्तिकारी युवालिग केस रवीन लिम्बु र १ नं।प्रदेश सदस्य बाल कुमार बुढाथोकीलाई गिरफ्तार गरिएको छ । आज विहानको ९ बजे नेपाल बन्दको क्रममा उहााहरुलाइ गिरफ्तार गरिएको हो ।