बन्दकर्ताले सुर्खेतमा एमाले, काँग्रेस र माओवादी केन्द्रको कार्यालय ज’लायो, प्रशासनद्वारा कफ्र्यू आदेश


 



सुर्खेत । सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आग-जनी गरिएको छ ।

 

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल ब’न्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

 




वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् । बन्दकर्ताले नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय पनि जलाएको बुझिएको छ ।

 

 

त्यस्तै,  उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोड-फोड गरेका छन् । पार्टी कार्यालयमा लागेको आगो नियन्त्रणमा आइसकेको जनाइएको छ ।

नागरिक खबरदारीलाई बेवास्ता गर्दै एमसीसी संसदबाट अनुमोदन गरिएको भन्दै विप्लव, मोहन वैद्य, मोहन विक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढा, सीपी गजुरेल र चित्रबहादुर केसी नेतृत्वको पार्टी र मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

 

 

यसैबीच सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यस्तो आदेश जारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

 

एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।



सम्बन्धित
Loading...