युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर


 



अत्या’धुनिक हति’यारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।

रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तर’बन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।




स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने कम्पनी मेक्सर टेक्नोलोजीका अनुसार यो लस्कर ६० किलोमिटर भन्दा बढी लामो छ । यसमा सैकडौं बख्तरबन्ध गाडी, ट्यांक र तोपहरु छन् । यो तस्वीर सोमबार दिउँसो तिरको हो ।

स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा छ ।

राजधानी किएभको बाहिरी क्षेत्रमा रुसले हवाई हमला गरेको समाचार सार्वजनिक भएका छन् । हवाई ह;मलाको संकेत स्वरुप साइरन बजाइएको छ । रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आ’क्रमणबाट हालसम्म ३५० जनाको मृ’त्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसी सेनाको आक्र’मणबाट पूर्वी युक्रेनको ओख्तिर्का भन्ने स्थानमा ७० जना युक्रेनी सैनिकको मृ’त्यु भएको छ ।

 

युक्रेनबाट ६ लाख बढी मानिसहरू वि’स्थापित भएका छन् । रुसले गरेको आ’क्रमणका कारण युक्रेनका भवन, गाडीहरू क्षति’ग्रस्त भएका तस्वीरहरू सार्वजनिक भएका छन् । बेलारुसमा शान्ति वार्ता जारी रहेकै बेलामा पनि रुसले युक्रेनमा आक्र’मण नरोकेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

 

रुसले युक्रेनमा गरेको आक्र’मणको अन्तर्राष्ट्रिय स्तरबाट वि’रोध भइरहेको छ । रुसमा बिभिन्न प्रतिबन्धहररु लागू गरिएको छ । तर रुस पछि हटेको छैन ।

पछिल्लोपटक जी-७ देशहरूको एक सदस्य क्यानडाले रुसबाट कच्चा तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पछिल्लोपटक रुसमा हलिउड चलचित्रहरूको प्रदर्शन रोकिएको छ । रुसमा पश्चिमा देशहरूले लगाएको प्रति’बन्धको कारण मास्टर कार्डले रुसबाट गरिएका कारोबारहरू ब’न्द गरेको छ ।

 



सम्बन्धित
Loading...