कांग्रेस चितवनको अधिवेशन फागुन १९ र २० मा


 



नेपाली कांग्रेस चितवनको अधिवेशन मिति तोकेको छ।

जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार यही फागुन १९ र २० गते अधिवेशनको लागि मिति तय भएको हो।




१९ गते बिहान ७ बजेदेखि निर्वाचन प्रकृया सुरू हुने उनले बताए।

 

सोही दिन दिउँसो ४ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि २० गते बिहान ९ बजेबाट मतदान प्रकृया सुरू हुने उनले बताए।

मतदानस्थल भने नारायणी कला मन्दिर तोकिएको छ।

 



सम्बन्धित
Loading...