पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो




काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

 

निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।




इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

 



सम्बन्धित
Loading...