पश्चिम नवलपरासीमा २० हजार मतदाता थप, २ लाख ४४ हजार मतदाता पुग्यो




परासी । पश्चिम नवलपरासीमा २० हजार मतदाता थप भएका छन् । आगामि निर्वाचनमा नवलपरासीका सात स्थानिय तह बाट २ लाख ४४ हजार ८ सय ८३ जनाले मतदान गर्न पाउने छन् ।

 

अघिल्लो निर्वाचनमा २ लाख २४ हजार ८ सय ८३ मात्र मतदाता रहेका थिए । अघिल्लो निर्वाचनको समयदेखि गत हप्तासम्म विभिन्न चरणमा संकलन गरिएको मतदाता नामावलीमा २० हजार नयाँ नाम थप भएको जिल्ला निर्वाचन कार्यालय परासीकि प्रमुख सुजाता खत्रीले जानकारी दिए ।

 




जिल्लाका कुल मतदाता मध्ये १ लाख २० हजार ४ सय ८५ महिला र १ लाख २४ हजार ३ सय ९३ पुरुष रहेका छन् । सबैभन्दा बढी मतदाता बर्दघाट नगरपालिकामा छन् । बर्दघाटमा २६ हजार ९ सय ८३ महिला र २४ हजार ४ सय ४६ पुरुष गरी कुल ५१ हजार ४ सय २९ मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 

त्यस्तै सुनवल नगरपालिकामा २४ हजार ९ सय ७४ महिला र २२ हजार ४ सय ७९ पुरुष गरी कुल ४७ हजार ४ सय ५५ मतदाता पुगेका छन् । रामग्राम नगरपालिकामा १८ हजार ५ सय ५२ महिला र २० हजार ५५ जना पुरुषको गरी ३८ हजार ६ सय ९ जनाको मतदाता नामावली संकलन भएको छ ।

 

पाल्हिनन्दन गाउँपाकिलामा ११ हजार ६ सय २८ महिला र १३ हजार ८ सय ४५ पुरुषगरी २५ हजार ४ सय ७३ मतदाता पुगेका छन् । सरावल गाउँपािलकामा १२ हजार ९ सय ५४ महिला र १४ हजार ३३५ पुरुष गरी २७ हजार २ सय ९८ मतदाता छन् । प्रतापपुर गाउँपालिकामा भने १३ हजार ८ सय ४७ महिला र १६ हजार ९७ पुरुष गरी २२ हजार ९४५ र सुस्ता गाउँपालिकामा ११ हजार ५ सय ४७ महिला र १३ हजार १ सय ३६ पुरुष गरी कुल मतदाता सङख्या २४ हजार ६ सय ८३ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

जनगणनाको पछिल्लो तथ्याङ्क अनुसार नवलपरासीमा कुल जनसंख्या ३ लाख ८५ हजार ५ सय १५ रहेको छ । कुल जनसङख्याको ६३ दशमलव ५२ प्रतिशत जनसङख्या मतदाता रहेको देखिएको छ ।

 

गाँउपालिका तर्फ सबैभन्दा बढि जनसङख्या प्रतापपुरमा भएपनि मतदाता भने पाल्हीनन्दनमा रहेका छन् । वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि माघ २५ गते मङ्गलबारबाट स्थगित गरेको छ ।

 

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ । निर्वाचनको मिति सरकारले तय गरेसंगै गाँउ गाँउमा चुनावी चर्चा हुन थालेको छ ।

 

 



सम्बन्धित
Loading...