कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत




कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छ्न ।

शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापतिमा पदमा मनोनयन गर्ने गरि सहमति भए सँगै सभापति पदमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका हुन ।




जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भने हुन बाकी छ ।

 

त्यसैगरी सदस्यहरुमा १ नगरपालिकाबाट १ महिला सहित ३ जना सदस्य गरी ४ नगरपालिकाबाट १२ जना सदस्य, १ गाउँपालिकाबाट १ महिलासहित २ जना सदस्य गरी ४ गाउँपालिकाबाट ८ जना सदस्य छानिनेछन् ।

त्यसैगरी खसआर्यबाट २ महिला र २ खुल्ला सदस्य, जनजातिबाट ३ महिला र ३ खुल्ला सदस्य गरी ६ जना सदस्य, दलितबाट १ जना सदस्य, थारुबाट १ महिला र एक खुल्ला गरी २ जना सदस्य र अल्पसंख्यक वा अपाड्डताबाट १ जना सदस्य छनौट हुने छ । नवलपुरमा १ हजार ९ सय ६१ जनाले जिल्ला अधिवेशनमा आफनो मत प्रयोग गर्नेछन् ।



सम्बन्धित
Loading...