दुर्गन्धित कावासोती – फोटो फिचर
पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा कावासोतीमा सडक चौडा (६ लेन) बनाउन यहाँ रहेका पानी निकास हुने पाइपहरु निकालिए पछि पुन ढल निकासको काम नहुँदा कावासोती दुर्गन्धित भएको छ ।
करिब १ महिना बढीदेखि कावासोतीमा फोहोर पानीको दुर्गन्ध फैलिएको छ ।
त्यति मात्र नभएर सडक छेउका पाइप निकाल्दा निस्किएका गिटीबालुवाहरु र पाइपहरु नहटाउँदा सडक साँघुरो भएको छ । जसले गर्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ भने सवारी साधनको चाप हुँदा साँघुरो सडकका कारण जाम समेत हुने गरेको छ ।
तस्वीरहरूः रामकुमार श्रेष्ठ/ दाउन्ने न्यूज










