पश्चिम नवलपरासीमा ५ लाख ४१  हजार ६ सय मुल्य बराबरको अवैध मालसामान




परासी । पश्चिम नवलपरासी प्रहरीले आज अन्दाजी ५ लाख ४१ हजार ६ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

 

आज बिहान अन्दाजी ०४:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी टोलीले पुर्व-पश्चिम राजमार्गको सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे स्थितमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको  लु २ ख १९९३ नम्बरको  बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्की भित्र बेबारिसे अबस्थामा माईक्रो ओभेन २ थान, ल्यापटव १० थान,  सिलिङ फेन २८ थान, पानी फिल्टर १ थान, ईन्भटर व्याट्री २ थान, साउण्ड सिस्टम १ थान लगायतका मालसामान फेला पारी तत्काल बरामद गरीएको छ ।

 




बरामद सामानको जम्मा मुल्य ५ लाख १ हजार ६ सय बराबर रहेको छ । उक्त सामान भन्सार कार्यालय बुझाउने प्रक्रिया भैरहेको जिल्ला प्रहरी कायार्लय पश्चम नवलपरासीका डिएसपी सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

त्यसैगरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ४० हजार मुल्य बराबरको १६० के.जी. अवैध माछा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरही खोला स्थितबाट बरामद गरेको छ । उक्त माछा भारतबाट अवैध रुपमा नेपाल तर्फ मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि माछा फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।

 

बरामद माछा आजै पशु क्वारेन्टाईन महेशपुरको रोहवरमा खाल्डो खनी पुरी नष्ट गरिएको शाहीले बताए ।

 



सम्बन्धित
Loading...