तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट


सांकेतिक तस्वीर

 



काठमाण्डाै – बालाजु  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।

गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।

 




महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ ।

आगलागीको कारण खुल्न बाँकी  छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

 

 

मलेसियाबाट फर्केर व्यवसायिक वयर खेती, बार्षिक १० लाख आम्दानी



सम्बन्धित
Loading...