चितवन आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ

चितवन । आफ्नै नवजात शिशुलाई जन्मनासाथ हत्या गरेर फाल्ने युवतीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत फागुन १९ गते चितवनको कालिका नगरपालिका वडा नं. १० टुडीखेलमा सालनाल सहितका नवजात शिशु बालक मृत अवस्थामा फेला परेको थियो ।
प्रहरीले टुडीखेलमा सालनाल सहितको नवजात शिशु (बालक) मृत अबस्थामा फेला परेको भन्ने सुचना प्राप्त गरेपछि घटनाको अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीले बालकका आमा २१ बर्षीया युवतीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यवुतीलाई कर्तब्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको चितवन प्रहरीले जनाएको छ ।
