नवलपुरमा सवारी चलाउँदा चलाउँदै चालक अचानक विरामी भएर निधन




नवलपुर । पूर्वी नवलपरासीमा एक जना चालक सवारी चलाउँदै गर्दा अचानक विरामी भएर निधन भएको छ ।

 

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार रजहरबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–०२२४ च ४६१४ नं को मारुती कारका चालक चालक काभ्रे जिल्लाको बनेपा घर भई हाल पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १५ बस्ने ३२ बर्षीय बिष्णु थापा अचानक विरामी भई उपचारका लागि गैडाकोट नगर अस्पताल भेडाबारी लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।

 




गैडाकोट नगरपालिका ११ भेडावारी पुग्ने क्रममा चालक अचानक विरामी भई मुखबाट फिँज निकाल्ने र काम्ने भएपछि उनलाई उपचारका लागि गैडाकोट नगर अस्पताल लगिएको थियो ।

कारमा कार साहु र चालक गरि २ जना मात्रै सवार रहेका थिए ।

प्रहरीले शव पोष्टमार्टमका लागि भरतपुर जिल्ला अस्पताल पठाइएको जनाएको छ ।

 



सम्बन्धित
Loading...