जनता समाजबादी पार्टीबाट माओबादीमा प्रबेश
रामकरण अम्बेडकर
पश्चिम नवलपरासीमा जनता समाजबादी पार्टीले दलित महिला लाई उमेदवारी नदिए पछि माओबादीमा प्रबेश ।
जनता समाजबादी पार्टीले उपाध्यक्षको उमेदवारको टिकट दिन्छु भनि पार्टी प्रबेश गराएको अहिले चुनावको बेला दलित लाई टिकट दिन्नौ भने पछि पुन माओबादीमा प्रबेश गरेको अनामिका हरिजनले बताएकी हुन ।
यस पाल्हीनन्दन गांउपालीका वडा नं ३ को माओबादीबाट निर्वाचित दलित महिला सदस्य माओबादीका कार्यकर्ताहरु सित असन्तुस्ट भई जनता समाजबादी पार्टीमा प्रबेश गरेको थिए हरिजन महिलाले बताएकी हुन ।
आईतवार आफनै राजी खुसी पुरानो नेपाल कम्निष्ट पार्टी माओबादी केन्द्रमा पार्टी प्रवेशपछि संगठनमा पहिलाकै पद नेपाल कम्नियुष्ट पार्टी माओबादी केन्द्र महिला संगठनका अध्यक्षमा श्री अनामिका हरिजन लाई दिएको पाल्हीनन्दन गाउंपालीकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बताए ।
आज प्रदेश कमिटी सदस्य बैजु प्रसाद गुप्ता नेपाल कम्निष्ट पार्टी माओबादी गाउंपालीका अध्यक्ष सुरेश गुप्ता पाल्हीनन्दन वडा नं ३ का अध्यक्ष गोधन प्रसाद हरिजन पाल्हीनन्दन गाउंपालीका वाईसिएल अध्यक्ष अनिल रजक वडा नं ६ का अध्यक्ष कृष्ण चन्द यादवको रोहबरमा पार्टी प्रबेश कार्यक्रम रहेको बैजु गुप्ताले बताए ।