धनगढीमा सडक नालीमा भेटियो एक पुरूषको शव

धनगढीमा घाँटीमा चाेटपटक लागेकाे अवस्थामा सडक नालीमा पहिचान नखुलेका एक जना पुरूषकाे शव फेला परेकाे छ।
साेमबार बिहान धनगढी उपमहानगरपालिकामा -५ काे जाँई सडककाे नालीमा अन्दाजी ३३ वर्षीय पुरूषकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
‘हत्या गरेर त्याे ठाउँमा फालेकाे हुनसक्छ, मृतकको पहिचान खुलेकाे छैन, घाँटीमा चाेटपटक छ, शव पहिचान गर्न हामीले खबर गरिरहेका छाैं, जिल्ला प्रहरी कार्यलय कैलालीका डिएसपी बेदप्रकाश बजाेसीले भने।
मृतकको शव सेती प्रादेशिक अस्पतालमा पाेस्टमार्टमका लागि राखिएको छ।