ललितपुरमा एकैपरिवारका पाँच जनाको मृत्यु


 



ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा एकै घरमा चार जना मृत भेटिएका छन् । त्यस्तै थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

 

प्रहरीका अनुसार ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

 

 




मृत्यु हुनेमा ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा, ५५ वर्षीया काइँली स्याङ्तान रहेका छन् ।

 

त्यस्तै ७ वर्षीय आस्माको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार उपचारको क्रममा दुई दिनको अर्का एक नाबालककोसमेत मृत्यु भएको छ ।

 

गम्भीर रहेका २२ वर्षीय शुभ तामाङको उपचार भइरहेको बताइएको छ ।

 

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...