गण्डक नहर सूर्यपूरा पावर हाउसमा दुई जनाको शव फेला

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुगर गाउँपालिका ७ सूर्यपुरामा दुई जनाको शव फेला परेको छ ।
पश्चिम नवलपरासी प्रहरीका अनुसार गण्डक नहर सूर्यपुरा पावर हाउसमा नजिकै नहरमा दुई जना पुरुषको शव भेटिएको हो ।
एक जना अन्दाजी ३० बर्षीय पुरुष र अर्का ४५ बर्षीय पुरुषको शव भेटिएको हो ।
दुवैको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव नहरबाट निकाली पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी राखिएको छ ।
