नवलपुरमा श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा श्रीमानको हत्या गरेको आशंकमा नवलपुर प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको देवचुली नगरपालिका – ४ रानागाँउ स्थित २५ बर्षीय खेमबहादुर घर्तीको हत्या आशंकामा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको हो ।
घर्ती आफ्नै घरको कोठामा रहेको सिलिङको पंख्यामा नाइनलको डोरीले घाँटीमा पासो लगाइ झुण्डिएको भन्दै उपचारका लागि देवचुली हस्पताल दलदले ल्याइएको थियो ।
उनको राति नै निधन भएको थियो । प्रहरीले श्रीमानको श्रीमतीले हत्या गरी झुण्डिएको बाहाना बनाएको आशंकामा घर्तीकी श्रीमती २३ बर्षीया सावित्री राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले घटनाको अनुसन्धान भईरहेको र घटना शंकास्पद देखिएको जनाएको छ ।
घर्तीलाई उनकै श्रीमतीले धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टक लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।