समाजिक राजनितीक बहिष्करण सम्बन्धमा अन्तरकृया

रामकरण अम्बेडकर परासी
पश्चिम नवलपरासी पाल्हीनन्दनमा समुदायमा विधमान विकृती विसंगती तथा समाजिक राजनीतिक वहिष्करण सम्बन्धमा अन्तरकृया कार्यक्रम भएको छ ।
अधिवक्ता मनोज कुमार नागवंशीको अध्यक्षतामा प्रमुख अतिथि विरेन्द्र हरिजन विशिष्ट अतिथि चन्द्रिका हरिजन सुचित हरिजन लगायत उपस्थिति रहेको थियो ।
पाल्हीनन्दन गाउपालीका स्तरियका दलित समुदायका ब्यक्तिहरु संग समाजिक राजनितीक सम्बन्धमा छलफल गरी विचार विमर्स समपन्न भई यस विषयमा पुर्तीको लागि मनोज कुमार नागबंशीको संयोजकतमा १४ सदसीय दलित तथा उतपिडित उत्थान विकास मंच पाल्हीनन्दन वडा नं ४ को सभाहलमा गठन गरियो ।
यस कार्यक्रममा रमपुरवा हरपुर भक्सीपुर कुश्मा परसिया बेलासपुर लोहरौली पाल्ही सिसवां गेरमी गेरमा वैंरवा लंगडीपाकड सनई ब्रमपुरवा लगायतका ६० जना उपस्थित रहेको छ ।
यस गाउंपालीकामा अन्य समुदायको भन्दा दलितहरुको भोट बढी रहेपनि दलितहरु लाई कुनै पनि पार्टीले टिकट दिन मानेको छैन अब हामीहरु कुनै पार्टीको झोला बोकेर घुमदैनौ अब हामी संगठीत भई स्वतन्त्र उमेदवारी गर्न बाध्य भएको अधिवक्ता मनोज कुमार नागबंशीले बताए ।
नेपालको संविधान र मानवअधिकारको विश्वव्यापी मान्यताले निषेध गरे पनि जातीय भेदभाव तथा छुवाछुत कायमैरहेको र सोही कारण समग्र दलित समदुाय सामजिक, आर्थिक, राजनितिक, सांस्कृतिक तथा शैक्षिक रुपमा पछाडी परेको अवस्थालाई आत्मसाथ गर्दै जातीय आधारमा हुँदै आएका सवै प्रकारका विभेदहरुको अन्त्य तथा दलित समदुायका व्यक्तिहरुलाई राज्यमा मुलप्रवाहीकरण गर्नका लागि शिक्षा स्वास्थ्यमा सहज पहुंच र क्षमता अभिवृधि लगायतका विभिन्न अवसरहरु सृजना गर्नको लागि दलित समुदायहरु संगठीतभै राजनितमा लागन आवश्यक रहेको मनोज कुमार नागवंशीले बताए ।
दलित समुदाय माथि भएको घटनाको विषयमा कुनै कार्यालयमा गएर कुरा गर्नको लागि यो समाजमा नेतृत्व गर्न खांचो रहेको छ जातिय अधारमा हामीहरुको पाल्हीनन्दनमा सबै भन्दा धेरै भोट छ तर पनि हामीहरु राजनितमा पछाडी रहेका छौ ।अब हामीहरुले पनि अन्य समुदाय जस्तै दलित जनप्रतिनिधि चुनौ र विजयी गरौ भन्दै सुझाव दिनु भयो ।
अब हामी पनि अरु समुदाय जस्तै एक भै दलित जनप्रतिनिधी लाई पहिलो प्राथमिकतामा राखी अन्य समुदायको जनप्रतिनिधी लाई भोट दिन्छौ कार्यक्रममै यी समुदायकाबाट उपस्थित भएका सम्पुर्ण दलितहरुले भने ।