राष्ट्रघाती एमसीसी विरुद्ध राँकेजुलुस

पर्वत । पर्वत जिल्लाको दक्षिणी भेगको व्यापारिक केन्द्र हातेमालो चोक बजारमा राष्ट्रघाती एमसिसी संझौता विरुद्धमा आज साँझ राँके जुलुस निकालिएको छ ।
संयुक्त संघर्ष समिति पर्वतको आयोजनामा निकालिएको राँके जुलुस पछि कोणसभासमेत गरिएको थियो ।
कोण सभामा बोल्ने वक्ताहरुले एमसीसीले देशमा युद्ध निम्त्याउने र नेपाल अमेरिकाको उपनिवेश बन्ने भएकोले यसलाई तत्काल खारेज गर्नु पर्ने माग गरेका थिए ।
कोण सभामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश सदस्य तिलक अधिकारी र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गोपी चन्द्र बस्यालले सम्बोद्धन गरेका थिए ।
कोणसभाको संचालन राष्ट्रिय जनमोर्चा पैयु गाउपालिका अध्यक्ष भिमलाल न्यौपाने गरेका थिए ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका पैयुगाउपालिका अध्यक्ष भोजराज पंगेनी, आदिवासी जनजाती नेता मेखबहादुर थापा लगायत नेताहरु सहित १०० जना स्थानीय युवाहरूको उपस्थिती रहेको थियो।

