चितवनमा चेकमा किर्ते दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ


 



चितवन। चितवनमा दस्तखत किर्ते गरी ठगि गर्ने दुई जना पक्राउ परेका छन।

 

पक्राउ पर्नेमा जिल्लाको कालिका नगरपालिका ९ का ३६ वर्षीय उज्जवल कुँवर र मकवानपुर हेटौडा उपमहानगरपालिका बस्ने ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदिप कार्की रहेका छन्।

 




जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको रत्ननगर नगरपालिका वडा न.१ सौराहारोड स्थित न्यू लक्ष्मी इन्टरप्राइजेजका संचालक कृष्ण प्रसाद तिवारीसँग गत माघ १४ गते कार्की र कुँवरले चार लाख अडसठ्ठी हजार चार पैतिस बराबरको रड खरिद गरी सो वापतमा अरूको चेकमा नक्कली दस्तखत गरी फरार भएका थिए ।

निजहरुलाई चितवन कालिका नगरपालिका वडा न. १ लंकालाईनबाट पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 



सम्बन्धित
Loading...